• २०८१ बैशाख १७ सोमबार

९० किलोकी सोनाक्षीलाई सलमानले बनाए स्लिम, दबंगले दियो पहिचान   

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा ३१ बर्षकी भएकी छन् । चर्चित अभिनेता शत्रुघन सिन्हाकी सुपुत्री सिनाक्षीलाई बलिवुडमा आउने चाहना नहुदा नहुदै बलिवुडमा आएकी थिइन् । 

बलिवुडमा आउनु अघि उनको वजनको खास चर्चा हुने गर्दछ । सलमान खानको सहयोगमा वजन घटाएर बलिवुडमा सलमान खानसँग डेभ्यु गर्ने धेरै कम भाग्यमानी हिरोइन मध्ये पर्दछिन् । 

फिल्ममा आउनु अघि ९० किलो वजन भएकी सोनाक्षीले दबंग फिल्म गर्दा आफ्नो वजन ३० किलो घटाएकी थिइन् । जिम जान अत्यन्तै घृणा गर्ने सोनाक्षी सलमान खानको कारणले नै आफु जिम जाने र वजन घटाउने गर्न सफल भएको बताएकी थिइन् । 

२०१० मा दबंग फिल्मबाट बलिवुडमा आएकी सोनाक्षीले अहिलेसम्म निकै सुपर हिट फिल्ममा काम गरेकी छन् । 

सोनाक्षीले दबंग पछि राउडी राठोर, जोकर, सन अफ सरदार, दबंग २, लुटेरा, आर राजकुमार, होलिडे जस्ता फिल्ममा काम गरेकी छन् । सोनाक्षीले दबंगबाट बलिवुडका कैयौ अवार्ड जितिन् भने फिल्म लुटेरामा उनले गरेको अभिनयको पनि निकै तारिफ भएको थियो ।

फिल्मबाट चर्चामा आउने सोनाक्षी व्यक्तिगत अफयेर्सका कारण पनि निकै चर्चामा रहने गर्दछिन् । केहि समय अगाडीसम्म बन्टि सचदेवासँग डेट गरेकी सोनाक्षीको नाम शाहिद कपुर, अर्जुन कपुरसँग पनि नाम जोडिएको थियो ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै