• २०८१ बैशाख १७ सोमबार

जाहिरसँग अफ्येर्समा सोनाक्षी सिन्हा !

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जाहिर इकबालको अफेयरको चर्चा पछिल्ल्प समय चलिरहेको छ । अहिले यी दुईको एउटा तस्बिर सार्वजनिक भएको छ, जसलाई बलिउड अभिनेता वरुण शर्माले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

यो तस्बिर सेयर गर्दै वरुण शर्माले क्याप्सनमा ब्लकबस्टर जोडी उल्लेख गरेका छन् ।

यससँगै उनले सोनाक्षी र जहीरलाई पनि यो पोस्टमा ट्याग गरेका छन् । यो तस्बिरमा सोनाक्षी र जहीर एकअर्कालाई हेरेर मुस्कुराउँदै छन् । यस पोस्टमार्फत वरुणले जहीर र सोनाक्षीको अफ्येर्स रहेको बुझ्न सकिन्छ ।

जहीर र सोनाक्षी एकअर्कालाई लामो समयदेखि चिन्छन् । दुवैलाई प्रायः सँगै देख्न पनि पाइन्छ । केही समयअघि सोनाक्षीले आफ्नो ब्यूटी ब्राण्ड लन्च गरेकी थिइन्, जसका लागि उनले फोटोसुटमा हिराको औंठी लगाएकी थिइन् । त्यसयता फ्यानहरूले दुवैको इन्गेजमेन्टको अनुमान गर्न थालेका थिए ।

जहीर इकबालले फिल्म ‘नोटबुक’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेका थिए । सोनाक्षीले सन् २०१० मा आएको फिल्म दबंगबाट आफ्नो करियर सुरु गरेकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरु दुबैको पहिलो भेट सलमान खानले गराएका थिए, त्यसपछि उनीहरु दुबै साथी बनेका थिए । वर्कफ्रन्टको कुरा गर्दा यी दुवै आगामी फिल्म ‘डबल एक्सएल’ मा सँगै देखिदैछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै