• २०८१ बैशाख १७ सोमबार

सर्वोच्चले ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयको सक्कल फाइल मगायो 

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारले गरेको निर्णयको सक्कल फाइल मगाएको छ ।

सोमबार न्यायाधीश मीरा खड्का र टंक मोक्तानको इजलासले ढुंगेलको कैद मिनाहा गर्ने सरकारी निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको हो । मंगलबार गणतन्त्र दिवसको दिन पारेर ढुंगेलको कैद मिनाहा गर्ने सरकारको तयारी छ । 

सर्वोच्चले आज सरकारको उक्त निर्णय बारे कुनै फैसला नगरेपछि अब ढुंगेलको कैद भने मिनाह हुने भएको छ । 

अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई दिन लागिएको कैद मिनाहा रोक्न माग गर्दै गत हप्ता रिट दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै यस अघि निवेदक र सरकार दुवैपक्षलाई बहसमा बोलाइएको छ ।

आइतबार देखि त्यहि बहस सर्वोच्च अदालतमा जारी छ। आज पनि समय अभावको कारण बहस सकीएको छैन भने बहस मंगलबार पनि हुने छ ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा जिल्ला अदालत ओखलढुंगाले जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि उनी ७ वर्ष जेल बसेका थिए।

पुनरावेदन अदालत जनकपुरले सफाई दिएपछि छुटेका ढुंगेललाई २०६६ सालमा सर्वोच्च अदालतले फेरी जन्मकैद हुने फैसला सुनायो । उक्त फैसला कार्यान्वयन गर्न भन्दै गत कार्तिकमा ढुंगेललाई प्रहरीले पक्राउ गरी जेल पठाएको थियो ।

सरकारले यसपाली गणतन्त्र दिवसको दिन उनको कैद मिनाहा गर्ने तयारी थालेपछि त्यसलाई रोक्न भन्दै अधिवक्ता त्रिपाठीले रिट दिएका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै