धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ ।
एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको छ ।
उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पुर्याइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । लुटिएका सार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ ।
प्रहरीले लुटेराको खोजि गरिरहेको जानकारी दिएको छ ।