• २०८१ बैशाख १६ आइतबार

पोर्न उद्योगमा गएकोमा यसरी पछुताउदै छिन् सनी लियोनी

kharibot

मुम्बई । पोर्न स्टारबाट बलिवुडमा जमेकी अभिनेत्री सनी लियोनीले हालै सामाजिक संजालमा एक हृदयविदारक पोष्ट गर्दै आफु पोर्न उद्योगमा लाग्नु जीवनको ठुलो गल्ति भएको उल्लेख गरेकी छन् ।

धेरै रोएर रातो बनाएका आँखा सहितको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै सनीले भनेकी छन्, ‘आज रातभर मेरो मन हजारौ पटक टुट्यो, शायद आजको रात बगाएका हजारौ थोपा आसुले फेरी एक पटक तड्पीन, सम्झिन र खेद जताउन चाहन्छन । म एक पटक फेरी आफुलाई आफ्नै नजिक राख्न चाहन्छु । ति दिनहरु कहिल्लै नआउन् , तर मनमा भने सधै रहिरहने छन् । मैले जुन बाटो रोजे त्यसको लागि करणजीत कौर दोषी छ ।’

सनी लियोनी पोर्न उद्योगमा गएको थाहा पाएपछि उनकी आमा निकै दुखि भएकी थिइन् ।  सनीले आफ्नै आमाको निधनको जिम्मेदार खुद आफैलाई मान्दै आएकी छन् । सनीले आफ्नो डकुमेन्ट्रीमा आफ्नी आमाको उल्लेख गरेकी छन् ।

हाल मलायलम फिल्ममा काम गर्दै गरेकी सनीको ‘वीरमहादेवी’ फिल्म रिलिज हुदै छ । यस फिल्मको तुलना बाहुबलीसँग गरिदै आएको छ ।

बलिवुडमा बनेको सेक्स सिम्बलको इमेजलाई सुधार्न दक्षिण भारतीय फिल्ममा अभिनय गर्न थालेकी सनीको दक्षिण भारतमा राम्रो फ्यान संख्या रहेको बताइएको छ । 

गत बर्ष केरलको कोच्ची शहरमा एक कमर्सियल उत्पादनको प्रचारको क्रममा जाँदा सनीको गाडीलाई लाखौ मानिसहरुको भिडले घेरेको तस्बिर सामाजिक सन्जालमा भाइरल बनेको थियो । यसबाट पनि दक्षिण भारतीय फिल्ममा सनीको स्टारडम झन् बढ्ने अनुमान गरिएको छ । 

बलिवुडमा सनी लियोनीले रागिनी एमएमएस, जिस्म, वान नाइट स्ट्यान्ड जस्ता एकै किसिमका र परिवारसँग बसेर हेर्न नसकिने खाले फिल्ममा मात्र अभिनय गरेकी छन् । 

गुगलमा सर्वाधिक खोजिने सेलिब्रेटीमा अग्रस्थानमा रहेकी सनीले दक्षिण भारत गएर आफ्नो इमेज कसरी बदल्न सफल हुन्छिन त्यो हेर्न भने केहि समय पर्खिनै पर्दछ । 

तर सनीको हालैको सामाजिक संजालको यस पोष्टलाई उनले भावनामा बगेर लेखेको यस स्ट्याटसले सबैको मन भने पक्कै जितेको छ ।
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै