• २०८१ बैशाख १६ आइतबार

सनी लियोनी लकडाउनमै किन गइन् अमेरिका ?

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सनी लियोनीले लकडाउनकै अवसरमा भारत छोडेकी छन् ।

अहिले फिल्मको शुटिंग बन्द भएका बेला सबै घरमै परिवारसँग बसिरहेका बेला सनीले भने भारत छोडेर अमेरिका पुगेकी छन् ।

सनी आफ्नो परिवारसहित अमेरिका पुगेको जानकारी आफैले सामाजिक संजाल मार्फत दिएकी हुन् ।

सनीले कोरोना भाइरससँग बच्न भन्दै अमेरिकाको लस एन्जल्स पुगेको बताएकी छन् । अमेरिकामा आफु बसेको घरको तस्वीर पोष्ट गर्दै सनीले कोरोनाबाट बच्न लस एन्जेल्सको गोप्य गार्डेनमा रहेको बताएकी छन् ।

सनीले भनेकी छन् , 'आफु र आफ्ना पति डेनियललाई अमेरिका जाने अवसर मिल्यो, लस एन्जेल्समा हाम्रो घर र गोप्य गार्डेनमा छौं, यँहा कोरोनाबाट सुरक्षित रहने आशा गरेका छौं ।'

सामाजिक संजालमा निकै सक्रिय सनीका हरेक पोष्ट निकै भाइरल हुने गर्दछन् ।

सामाजिक संजालमा निकै सक्रिय सनी अहिले बलिवुडमा सबै भन्दा बढी इन्टरनेटमा खोजी गरिने प्रियंका चोपडा पछि दोस्रो सेलिब्रेटी हुन् ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै