• २०८१ बैशाख १६ आइतबार

सनी लियोनीको डाइपर मास्क !

kharibot

काठमाडौँ । कोरोना भाइरसका कारण अहिले भारत लामो लकडाउनमा छ । बलिवुडका सबै गतिबिधि बन्द छन् ।

शुटिंगदेखि सिनेमा हल बन्द हुदा बलिवुडका सेलिब्रेटी पनि कामविहीन बनेका छन् । केहि सेलिब्रेटीले कोरोनासम्बन्धि जनचेतना फैलाउन विभिन्न डिजिटल प्लेटफर्ममा नयाँ कार्यक्रम लिएर आएका छन् भने कैयौंले सामाजिक संजालबाट यस्तो काम गरिरहेका छन् ।

यसैवीच बलिवुड अभिनेत्री सनी लियोनीले बच्चाको डाइपरलाई नै मास्क बनाएको तस्वीर अहिले सामाजिक संजालमा चर्चित बनेको छ ।

सामाजिक संजालमा लाइभ च्याट समेत गरिरहेकी सनीले आफ्ना फ्यानलाई इन्गेज गराउन केहि न केहि गर्दै आएकी छन् ।

उनले समय कम हुदा कसरी आफूसँग उपलब्ध चिजबाट मास्क बनाउने भन्ने सिकाएकी छन् ।

यस्तैमा उनले बच्चाले प्रयोग गर्ने डाइपरदेखि कार्टुन मास्क बनाएकी छन् ।

एक अन्तर्वार्तामा सनीले आफ्ना तीन बच्चा भएको र उनीहरुको ख्याल राख्ने क्रममा नै अरुलाई पनि सहयोगी होस् भनेर आफुले यस्तो आफ्ना फ्यान समक्ष साझा गरेको बताएकी छन् ।

सनी बाहेक बलिवुड अभिनेता कार्तिक आर्यनले त युट्युबमा नयाँ शो नै चलाइरहेका छन् । कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र कोरोनासँग लडेर ठीक भएकाहरुसँग रमाइलो कुरा गर्दै कोरोना बारे जनचेतना फैलाउने काम गरिरहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै