• २०८१ बैशाख १४ शुक्रबार

कम्युनिष्ट सर्वसत्तावादको विरोधमा नेविसंघ सडकमा  

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ काठमाडौँले सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

शुक्रबार भृकुटीमण्डपस्थित विश्वभाषा क्याम्पस अगाडीबाट प्रदर्शन सुरु भएको थियो ।

नेविसंघ, केन्द्रीय समितिको संयोजन र काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको प्रदर्शनमा संघभित्र आन्तरिक लोकतन्त्रको विरोध, सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि, बाह्य हस्तक्षेप, नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण ढुंगेलको आममाफी प्रकरणको विरोध गर्दै प्रदर्शन गरेको थियो । सरकारले कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थी तथा नेविसंघका नेताहरुको उपस्थिति थियो । प्रदर्शनपछि कोणसभा गर्दै विधार्थी नेताहरुले संघभित्र आन्तरिक लोकतन्त्र नभएको, नेविसंघ अध्यक्षले मनोमानी ढंगले निर्णय गरेको भन्दै त्यसको विरोध गरेका थिए । 

नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले यस प्रदर्शनमा नेविसंघका बहुमत केन्द्रीय सदस्यसहितको सहभगिता रहेको भन्दै काठमाडौँ उपत्यकाका क्याम्पसहरुका विद्यार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रदर्शन पछिको कोणसभामा नेविसंघका नेताहरु कुन्दन अर्याल, रामप्रसाद पोख्रेल, दिपक भट्ट, मनोज बैद्यलगायतले सम्बोधन गरेका थिए । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै