• २०८१ बैशाख १८ मंगलबार

तीव्र उतारचढावका बीच सेयर बजारमा गिरावट, चार समूहले कमाए

kharibot

काठमाडौं । नेप्सेमा आज आइतबार तीव्र उतारचढाव आएको छ । कारोबार खुलेको पहिलो एक घण्टा अर्थात मध्यान्ह १२ बजेसम्म झण्डै १० अंकले बढेको नेप्से अन्तिम समयमा आएर शुन्य दशमलव ४६ अंकले घटेर घटेर १३ सय ३९ दशमलव १९ विन्दुमा झरेको छ ।

यसैगरी सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य चार अंकले घटेर दुई सय ८२ दशमलव २६ विन्दुमा झरेको छ । आज एक सय ५९ कम्पनीहरुको तीन हजार नौ सय ५६ वटा कारोबारमा सात लाख ६९ हजार तीन सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३४ करोड ८२ लाख ९८ हजार तीन सय २३ रुपैयाँ पुगेको छ । 

आज नौ वटा समूहको कारोबार हुंदा पाँच वटा समूहले गुमाएका छन् भने चार वटा समूहले कमाएका छन् । गुमाउने समूहमा परेको बाँणिज्य बैक समूहको सूचक एक दशमलव ७८ अंंकले घटेर ११ सय ४५ दशमलव ५२ विन्दुमा झर्दा ११ करोड आठ लाख ८२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि आज गिरावट आएको छ ।

विकास बैक समूहको सूचक भने आज एक दशमलव तीन अंकले बढेर १४ सय ४६ दशमलव २५ विन्दुमा चढ्दा एक करोड ६४ लाख ८३ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बीमा समूहको सूचक पनि १९ दशमलव ७६ अंकले बढेर छ हजार नौ सय ७७ दशमलव ७१ विन्दुमा चढेकोमा आठ करोड ३० लाख ४० हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यीबाहेक जलबिद्युत र लघुवित्त समूहको कारोबार सूचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सूचीमा परेको मिर्मिरे माईक्रो फाईनान्स डेभलपमेन्ट बैकको प्रतिकित्ता सेयर मुन्य १० रुपैयाँले बढेर ३१ सय दुई रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ५९ पैसाले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भएको छ । 

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको मिर्मिरे माईक्रो फाईनान्स डेभलपमेन्ट बैंकको प्रतिकिक्ता तीन हजार एक सय दुई रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ३६ लाख ४३ हजार आठ सय २९ रुपैयाँको सेयर किनबेच भएको छ ।

यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीको पनि सात सय ९० रुपैयाँ अन्तिम मुल्यमा एक करोड ५३ लाख ३५ हजार छ सय १८ रुपैयाँको सेयर किनबेच भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै