• २०८१ बैशाख १७ सोमबार

 दाङमा नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

kharibot

 दाङ / दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ । 

चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

तीमध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप छन् । 

ट्राफिक नियम विपरीत चलाएका सवारी साधनलाई कारबाही गर्दा  ४३ लाख २३ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिए । 

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अनुसार, आर्थिक वर्ष २०७३÷७४ मा आठ हजार ४१६ वटा सवारी साधन कारबाहीमा परेका थिए । कारबाहीबाट  ४७ लाख ३८ हजार राजश्व संकलन भएको थियो । 

त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ मा नियमविपरीत सञ्चालन भएका आठ हजार १५१ सवारी साधनलाई कारबाही गर्दा  २४ लाख राजश्व संकलन भएको थियो । 

सवारी चलाउँदा चालकको अनिवार्य लाइसेन्स हुनुपर्ने, सवारी साधनको कागजपत्र साथमा राख्नुपर्ने, मापसे गरी सवारी साधन चलाउन नहुने, क्षमता भन्दा बढी यात्रु राख्न नहुने लगायतका कुरामा ध्यान दिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै