श्रम, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारका क्षेत्रका रहेका सबै प्रकारका सिण्डिेकट अन्त्य गर्ने घोषणा गरेका छन् । यातायात क्षेत्रमा देखिएको सिण्डिकेट हटेपछि सरकारले अहिले सबै क्षेत्रमा रहेका सिण्डिकेट हटाउने घोषणा गरेसँगै सिण्डिकेटको ठूलै जालो रहेको वैदेशिक रोजगारका क्षेत्रमा रहेको सिण्डिकेट हटाउने मन्त्री विष्टले घोषणा गरेका हुन् ।
विहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री विष्टले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री विष्टले सिण्डिकेट हटाउनका लागि पहिलो चरणमा मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क नेपालको तर्पmबाट खारेज गरिएको घोषणा गरेका हुन् । उनले अब नेपाल सरकारबाट सुचिकृत भएका सबै स्वास्थ्य संस्थाबाट विदेश जाने कामदारहरुले स्वास्थ्य परिक्षण गर्न पाउने व्यवस्था लागू गरिएको घोषणा गरे ।
यससँगै अहिले वैदेशिक रोजगारीमा जानेहरुले अब सरकारको स्वीकृत पाएका जुनसुकै स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य परिक्षण गर्न पाउने छन् । योसँगै स्वास्थ्य परिक्षणमा रहेको सिमित व्यक्ति तथा संस्थाको पनि एकाधिकार अन्त्य हुने भएको छ ।