• २०८१ बैशाख १७ सोमबार

सोनमको विवाहको पार्टीमा पुर्वप्रेमी सेलिब्रेटीहरुको जम्काभेट ! 

kharibot

मुम्बई । बलिवुडमा हालै अभिनेत्री सोनम कपुर र आनन्द आहुँजाको विवाह पछिको रिसेप्सन पार्टीमा बलिवुडका पुर्वप्रेमी स्टारहरुको जम्का भेटले रिसेप्सन पार्टीकोचर्चा झन् बढेको छ ।

सोनमले दिएको सो रिसेप्सनमा पुर्वप्रेमीहरु सलमान खान-ऐश्वर्या राय, शाहिद कपुर-करीना कपुर, अभिषेक बच्चन –करिश्मा कपूर-रानी मुखर्जी, अक्षयकुमार- शिल्पा शेठी, कट्रिना कैफ- रणवीर कपुर, सिद्धार्थ मलहोत्रा- आलिया भट्टको जम्का भेट बह्येको खबर अहिले बलिवु मा चर्च को विषय बनेको छ । 

सलमान खानले ऐश्वर्या रायसँग भेट नहुने मनसायले नै पार्टीमा ढिलो गरि पुगेपनि उनको ऐश्वर्या रायसँग भेट भएको थियो भने अभिषेक बच्चन आफ्ना दुई पुर्व गर्लफ्रेन्ड करिश्मा कपुर र रानी मुखर्जीसँग भेट भएको थियो । 

त्यस्तै हालै ब्रेकअपको चर्चा भैरहेका सिद्धार्थ र आलियाको जम्का भेट पनि हेर्न लायक रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

त्यस्तै एक समयका चर्चित प्रेमी अक्षयकुमार र शिल्पा शेठीको पनि सो पार्टीमा भेट भएको बताइएको छ । त्यस्तै शाहिद कपुर र करीना कपुरको पनि सो पार्टीमा भेट भएको थियो । शाहिद आफ्नी श्रीमतीसँग सो पार्टीमा गएका तिह्ये भने करीना आफ्ना श्रीमान सैफअलि खानसँग गएकी थिइन् ।  सार्वजनिक भएको भिडियोमा सो पार्टीमा करीना नशाको हालतमा देखिएको थियो । 

त्यस्तै एक समय खेलेआम आफ्नो अफयेर्सको चर्चा गर्ने जोडी रणवीर कपुर र कट्रिनाको पनि सो पार्टीमा भेट भएको थियो तर कट्रिनाले रणवीरले देख्ने गरिनै सलमान खानसँग अँगालो हालेर आफ्ना पुर्वप्रेमीलाई जलाएको बलिवुडमा चर्चा चलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै