• २०८१ बैशाख १५ शनिबार

मोदी आउने बाटो अझै तयार हुन सकेन

kharibot

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको दुई दिन पनि बाँकी नरहेको अवस्थामा उनी आउने बाटो अहिले सम्म  तयार हुन सकेको छैन ।

मोदी  भारतको विहार राज्यको राजधानी  पटनाबाट  जनकपुर विमान स्थलमा आउने भएपछि विमान स्थलबाट  जानकी मंदिर सम्मको बाटो बनाउन  दिन रात लगाएर अहिले काम भईरहेको छ ।

२४ औं घण्टा कामदारहरुलाई लगाएर काम गराएपनि काम पुरा हुन सकेको छैन् भने त्यसको कारणले सर्वसाधारहरु समेत मार्कामा परेका छन् । त्यसमा पनि बुधबार बिहानदेखि परेको पानी तथा हावाहुरीको कारणले गर्दा काम प्रभावित भएको छ  ।

बाटोमा भएको हिलोको कारण काम गर्न कठिनाई उत्पन्न भएको छ भने सर्वसाधारणलाई आवत–जावत गर्न कठिनाई भएको छ । हिजो राति आएको आँधी तथा वर्षाका कारण  मोदीको स्वागतका लागि लगाइएको स्वागत द्वारहरु  झरेपछि अहिले  फेरी बन्दैछ भने  बाटो  बनाउने काम पनि भईरहेको छ ।

यसरी कम समयमा बनिरहेको बाटोको गुणस्तरियतामा पनि प्रश्न उठिरहेको छ । मोदीको  जानकी मंदिर जाने बाटो  बनाउने काम पहिला देखि नै गरिए पनि  दुई पटक रुट परिवर्तनको कुरा आएपछि  अझै काम सम्पन्न नभएकोअवस्था छ ।

मोदी जनकपुर  विमानस्थलमा  पर्सी शुक्रबार  विहान ९ बजे आएपछि  क्याम्पस चोक, विद्यापति चोक, विश्वकर्मा चोक, परिक्रमा सडक , रमानन्द चोक हुदै  जानकी मंदिर पुगेर पुजा गर्ने कार्यक्रम रहेको छ ।

जानकी मंदिरमा  नेपालका प्रधानमन्त्री केपी ओली संगै  संयुक्त रुपमा पुजा गरेपछि रंगभुमीमा  नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन पछि  राजधानी काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै