• २०८१ बैशाख १४ शुक्रबार

बेललाई बेचेर नेइमार भित्राउने तयारीमा रियल म्याड्रिड 

kharibot

काठमाडौँ । यसै सिजन फ्रेन्च क्लब पिएसजी आएका ब्राजिलियन खेलाडी नेइमार स्पेन फर्किन आतुर रहेको युरोपका मिडियाहरुले उल्लेख गरेका छन् । 

सिजनको अन्त्यमा टिममा इन्जुरीका कारण नरहेका नेइमारले रियल म्याड्रिडमा जाने इच्छा देखाएको मिडिया रिपोर्टमा सार्वजनिक हुदै आएको छ ।

स्पेनको म्याड्रिडस्थिति मिडिया एएसका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेइमारलाई भित्राउन प्रयास गरिरहेको उल्लेख गरेको छ । रेकर्ड २०० मिलियन पाउण्डमा बार्सिलोनबाट पिएसजी आएका नेइमारलाई भित्राउन रियलले २२८ मिलियन पाउण्डको माग पिएसजीले गर्न सक्ने पनि एएस पत्रिकाले उल्लेख गरेको छ ।

इन्जुरीबाट पछिल्ला महिना बाहिर रहेका नेइमार हालै फ्रान्स फर्किएका छन् भने गएराती पिएसजीको कोपा डे फ्रान्सको फाइनल खेल नेइमारले स्टेडियममा बसेर हेरेका थिए । पिएसजीले २-० ले सो उपाधि जितेपछि नेइमार जर्सी लगाएर कप उचाल्न मैदानमा पुगेका थिए ।

नेइमार बार्सिलोना जानु अघि पनि रियल म्याड्रिडले भित्राउन प्रयास गरेको भन्दै अहिले पेरिसमा नेइमार एडजस्ट हुन नसकेकाले उनि आउदो सिजनमै रियल म्याड्रिड फर्किने अनुमान सुरु हुन् थालेको छ ।

पछिल्ला खेलमा नेइमार नखेलेपनी पिएसजीले यस सिजनको फ्रेन्च लिग वान उपाधि जितिसकेको छ । नेइमारले लिग वानमा पिएसजीका लागि २० खेलमा १९ गोल गरेका छन् ।

रियल म्याड्रिडले ग्यारेथ बेललाई बेचेर नेइमारलाई भित्राउने तयारी गरेको स्पेनमा व्यापक चर्चा चलेको छ । बेल म्यान्चेस्टर युनाइटे र उनको पुरानो कलन टोटनह्याम जाने चर्चा चलेको छ । पछिल्लो समय बेल रियलका म्यानेजरको पहिलो रोजाईका खेलाडीको सुचिमा पार्न नसकेपछि रियल छोड्ने मनस्थितिमा पुगेको बताइन्छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै