• २०८१ बैशाख १५ शनिबार

प्रदेश ५ को प्रदेश सभाको लोगो र वेभसाइट सार्वजनिक 

kharibot

रुपन्देही । पाँच नम्बर प्रदेश सभाको लागि तयार पारिएको लोगो सोमबार सार्वजनिक गरिएको छ ।

दाङ तुलसीपुरका खगेश्वर भण्डारीले तयार गरेको सो लोगो सिस्ने हिमाल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी,  धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको छ । भण्डारीले बनाएको लोगो प्रदेशसभामा उत्कृष्ट भएवापत भण्डारीले नगद २५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ निवासी भण्डारीले बनाएको त्यही लोगो नै अबदेखि प्रदेशसभा सदस्यहरुले प्रयोग गर्ने जानकारी दिइएको छ ।

सचिवालयले गत फागुन २४ गते सार्वजनिक सूचना जारी गर्दै खुल्ला प्रतिष्पर्धा मार्फत लोगो माग गर्नुको साथै उत्कृष्ट हुने लोगोलाई २५ हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

सचिवालयको उक्त आव्हानसँगै विभिन्न १२ जनाले लोगो तयार गरी प्रदेशसभामा पठाएका थिए । जसमध्ये तिलोत्तमा ९ रुपन्देहीका सुधीर अर्यालले तयार पारेको लोगो दोस्रो भएको छ । उक्त लोगो प्रदेशसभा सचिवालयका कर्मचारीले प्रयोग गर्ने प्रदेश सभा सचिवालयका सचिव मानबहादुर बिकले जानकारी दिए । 

दोस्रो हुने अर्याललाई १५ हजार रुपैंया पुरस्कार प्रदान गरिएको सचिवालयले जनाएको छ।

दुबै लोगोलाई प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती र कानुन मन्त्री कुलप्रसाद केसीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

साथै सोमबार नै प्रदेश सभा ५ को आधिकारीक वेवसाइट www.pradeshsabha.p5.gov.np को पनि सार्वजनिक गरिएको छ । वेभ साइटमा प्रदेश सभा बारे भिन्न जानकारी उपलब्ध हुने सो अवसरमा जानकारी दिइयो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै