• २०८१ बैशाख १५ शनिबार

आर्सनलमाथि लिभरपुलको फराकिलो जित 

kharibot

काठमाडौँ ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि फराकिलो जित हासिल गरेको छ ।

आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले आक्रामक खेल प्रस्तुत गर्दै आर्सनललाई ४-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको अगाडी आर्सनल निकै कमजोर देखिएको भयो ।

लिभरपुलका लागि रोबर्टो फिरमिनो, साडिओ माने, मोहम्मद सालह र ड्यानिएल स्टुरेजले गोल गरेका थिए । 

फिरमिनोले खेलको १७औ मिनेटमा तथा मानेले ४०औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–० को अग्रता लिएको थियो । खेलको दोस्रो हाफमा पनि लिभरपुलले थप दुई गोल गर्यो । खेलको ५७औं मिनेटमा सालह तथा ७७औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ४–० को फराकिलो जित दिलाएका थिए । 

यस सिजनको लिगका तीन खेलमा आर्सनलले दुई खेल पराजय बेहोरेको छ । तीन खेलमा दोस्रो जित दर्ता गरेको लिभरपुलको सात अंक भएको छ भने आर्सनलको मात्रै तीन अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै