• २०८१ बैशाख १८ मंगलबार

जितपछि शिर्ष स्थानमा उक्लियो लिभरपुल

kharibot

काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । 

गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक एक गोल गरेका थिए ।

त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ ।

त्यसैगरी शेफिल्ड युनाइटेडको भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै