• २०८१ बैशाख १८ मंगलबार

ब्राइटनमाथि लिभरपुलको कमब्याक जित

kharibot

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २-१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।

खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ । लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यस अघि खेलको दोस्रो मिनेटमा डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४२ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै