• २०८१ बैशाख १५ शनिबार

तरुण दलले जिल्ला, नगर र गाँउपालिकामा प्रशिक्षण कार्यक्रम गर्ने 

kharibot

काठमाडौं । नेपाली काँग्रेसको भात्रृ संगठन तरुण दलले प्रदेश स्तरीय भेलापछि जिल्ला, नगर र गाँउपालिकास्तरमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीका अनुसार आगामी जेठ ५ गते तरुण दलका जिल्ला समितिहरुले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्यक्रम तय गरेको छ ।

त्यस्तै आगामी जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका तथा गाँउपालिकाका तरुण दलका समितिले प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । 

त्यसै गरि जेठ १९ गते देशभरका सम्पूर्ण वडामा तरुण प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको महामन्त्री शाहीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै