• २०८१ बैशाख १५ शनिबार

तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा, शुक्रबार काठमाडौँमा विरोध सभा गर्ने

kharibot

काठमाडौँ । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

तरुण दलका पुर्वअध्यक्ष एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौँमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । बुधबार खुकुरी आक्रमण गरिएका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको छ र उनको स्वास्थ्य स्थीर रहेको अस्पतालले बताएको छ ।

विहिबार काङ्ग्रेस पार्टी कार्यालय सानेपामा भएको भेलामा तरुण दलका अध्यक्ष विद्धान गुरुङले गृहमन्त्रीको राजीनामा माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् ।

तरुण दलले शुक्रबार दिउँसो १ बजे शान्ति बाटिका रत्नपार्कमा उपस्थित भएर विरोधसभा एवं र्यालीको कार्यक्रम आयोजना गर्ने भएको छ । तरुण दलले विरोध सभा अघि शुक्रबार विरोध र्याली बागबजार ,पुतलीसडक हुँदै फेरि रत्नपार्कमा आएर कोण सभामा परिणत हुने जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै