• २०८१ बैशाख १६ आइतबार

म्यानचेस्टर युनाइटेडद्वारा आर्सनल पराजित, फेलानीले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनललाई अपराजित गरेको छ । 

गएराती युनाइटेडको घरेलु मैदानमा भएको खेलमा फेलानीले खेलको अन्तिमसमयमा गरेको निर्णायक गोलले आर्सनल २-१ ले पराजित भयो । आर्सनलका म्यानेजर आर्सन वेंगरको युनाइटेडको स्टेडियममा भएको विदाई खेलमा आर्सनल पराजित भएको छ । 

त्यसअघि युनाइटेडका लागि खेलको खेलको १६औ मिनेटमा पाउल पोग्वाले गोल गरेका थिए भने खेलको ५१औ मीनेटमा युनाइटेडबाट यसै सिजन आर्सनल गएका हेनरिक मखितारयनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

मखितारयन एकै सिजनमा युनाइटेडका लागि र युनाइटेडका विरुद्ध गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनि यसै सिजनको जनवरी ट्रान्सफरमा युनाइटेडबाट आर्सनल गएका थिए ।

त्यसपछि सब्सटिच्युटको रुपमा मैदानमा आएका फेलानीले इन्जुरी समयमा हेड मार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।

जितपछि युनाइटेड ३५ खेलमा ७७ अंक सहित लिगको दोस्रो स्थानमा रहेको छ भने आर्सनल ३५ खेलमा ५७ अंक सहित लिगमा छैठौ स्थानमा रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै