• २०८१ बैशाख १७ सोमबार

नेपाली काँग्रेस (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) ले एकता गर्दै

kharibot

काठमाडौँ  ।  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश र प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएर नेपाली काँग्रेस(विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को चाँडो एकता हुने भएको छ । 

एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र काँग्रेस( विपी)का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र समाजवादका माध्यमबाट मुलुकको अखण्डता र जनताको समृद्धि कायम गर्न दुवै दलको एकता गर्न सहमति जनाए । 

शाहको दिव्योपदेशमा भ्रष्टाचारमुक्त समाज, सन्तुलित वैदेशिक नीति, स्वदेशी वस्तुको उपभोग गर्ने नीतिलगायत विषय पृथ्वीपथमा छ भने समाजवादमा प्रत्येक कृषकलाई उत्पादनमा सहयोग गर्ने, प्रत्येक नेपालीले गाई पाल्न सक्ने व्यवस्था र उनीहरूले दुई छाक खानपुग्ने चिन्तन छ । 

दुवै पार्टीका अध्यक्ष एकताका लागि सकारात्मक भएपछि आवश्यक विधान एक साताभित्र तयार गर्न राष्ट्रवादीबाट प्रशिक्षण विभाग प्रमुख झनक प्याकुरेल र काँग्रेस(विपी)बाट सहमहामन्त्री पुष्प पराजुलीलाई जिम्मेवारी दिइएको छ । 

एराप्रपाका केन्द्रीय सदस्य सुन्दर पाण्डेले नयाँ विधान बनेपछि एकताको मिति घोषणा गरी यही महिनाभित्र एकतासभा हुने जानकारी दिनुभयो । यसअघि दुवै पार्टीले कार्यगत एकता गरी गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशका विभिन्न स्थानमा उम्मेदवारी दिएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै