• २०८१ बैशाख १४ शुक्रबार

अमेरिकी कमेडियन कास्बी यौन शोषणको मुद्धामा दोषी, १० बर्ष जेल हुनसक्ने 

kharibot

काठमाडौँ । अमेरिकी कमेडियन बिल कास्बी यौन शोषणको मुद्धामा दोषी पाइएका छन् । अमेरिकाको पेन्सलभिनियामा भएको सुनुवाईमा न्यायधिशले बिललाई दोषी करार गर्दै सजायको घोषणा नहुन्जेल जेलमा राख्ने आदेश दिएका छन् । 

८० बर्षका अभिनेता बिललाई २०१४ मा पुर्वबास्केटबल खेलाडी एण्ड्रिया कन्सटेण्डलाई नासिलो दबाई दिएर यौन शोषण गरेको आरोप लागेको थियो ।

कास्बीलाई अमेरिकामा अमेरिकी प्राइमटाइम टिभीका पहिलो ब्ल्याक अभिनेताको रुपमा चिनिन्छ । उनले १९८० को दशकमा चर्चित टिभी सिरिज द कास्बी शो चलाएका थिए । 

मुद्धामा फैसलाका क्रममा कास्बीले न्यायधिशलाई अपशब्द प्रयोग गरेका थिए ।  उनलाई जमानत दिए पैसा र शक्तिको प्रयोग गरेर भाग्न सक्ने भन्दै सजाय नसुनाउन्जेल जेलमा राख्न गरिएको अपिललाई न्यायधिशले स्वीकार गरेका थिए । यस प्रकरणमा उनलाई १० बर्षसम्मको जेल हुनसक्ने बताइएको छ । 

किस्बीलाई अहिलेसम्म ६० भन्दा बढी महिलाले यौन शोषणको आरोप लगाएका छन् ।       
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै