काठमाडौं । कोपा डेल रेको उपाधि बार्सिलोनाले लगातार चौथो पटक जितेको छ । गएराती भएको फाइनल खेलमा सेभिलालाई ५-० ले पराजित गर्दै लगातार चौथो पटक उपाधि जितेको हो ।
क्लबका म्यानेजर इर्नेस्टो भालभेर्डोको यो पहिलो उपाधि हो ।
बार्सिलोनाको जितमा लुइस स्वरेजले २ गोल गरे भने लियोनेल मेसी, फिलिप कोन्टिन्हो र आन्द्रे इन्सेस्टाले एक एक गोल गरेका थिए ।
बार्सिलोनाले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।
बार्सिलोनाका लागि लुइस स्वरेजले खेलको १४औ र ४०औ मिनेटमा गोल गरेका थिए भने मेसीले ३१औ, इनेस्टाले ५२औ र कोन्टिन्होले ६९औ मिनेटमा गोल गरेका थिए ।
यो सँगै बार्सिलोनाले कोपा डेल रेको उपाधि ३०औ पटक जितेको छ । बार्सिलोनापछि एथलेटिको क्लबले २३औ पटक कोपाको उपाधि जितेको छ ।
मेसीले कोपाका ५ फाइनलमा ६ गोल गरेका छन् भने इनेस्टाले बार्सिलोनाको लागि कुनै फाइनलमा दोस्रो पटक गोल गरेका छन् । उनले २०११ मा सुपरकोपाको फाइनलमा रियल म्याड्रिडविरुद्ध गोल गरेका थिए ।
त्यस्तै लुइस स्वरेजले बार्सिलोनाका लागि खेलेका सबै प्रतियोगिताको फाइनलमा गोल गरेका छन् । उनले च्याम्पियन्स लिग, युइएफए सुपरलिग, फिफा क्लब विश्वकप, सुपरकोपा र कोपा डेल रे गरि सबै प्रतियोगितामा गोल गरेका छन् ।