मुम्बई । इरफान खानद्वारा अभिनित फिल्म ‘हिन्दी मिडियम’ ले चीनमा २ सय करोडको व्यापार गरेको छ ।
सन २०१७ मा भारतमा रिलिज भएको यस फिल्मले चीनमा गरेको व्यापार उत्साहजनक रहेको छ ।
फिल्मले भारतसहित विश्वभर १०८ करोडको व्यापार गरेको थियो । तर चीनमा हाल रिलिज भइरहेको यस फिल्मले २ सय करोडको व्यापार गरिसकेको छ ।
भारतीय शिक्षा प्रणालीलाई व्यंग गरेर बनाइएको यस फिल्मलाई चीनमा अत्यन्त मन पराइएको छ ।
फिल्ममा इरफानका अलवा पाकिस्तानी अभिनेत्री सबा कम्रको प्रमुख भुमिका रहेको छ । साथै फिल्ममा नेहा धुपियाको पनि उत्कृष्ट अभिनय रहेको छ ।
यस फिल्मबाट इरफान खानले फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ अभिनेताक ओअवार्ड पनि जिती सकेका छन् ।
चीनमा २०१८ मा रिलिज भएको यो तेस्रो भारतीय फिल्म हो । यस अघि सलमान खानको बजरंगी भाइजान र आमिर खानको सेक्रेट सुपरस्टार रिलिज भएको थियो । बजरंगी भाइजानले चीनमा करिब ३ सय करोडको व्यापार गर्यो भने सेक्रेट सुपरस्टारले चिनियाँ बक्सअफिसमा साढे ७ सय करोडभन्दा बढीको व्यापार गरेको थियो ।