• २०८१ बैशाख २२ शनिबार

हिन्दी मिडियमको सिक्वेलमा इरफानसँग करीना !

kharibot

काठमाडौँ । बलिवुडको २०१७ को सुपरहिट फिल्म हिन्दी मिडियमको सिक्वेलमा इरफान खानसँग अभिनेत्री करीना कपुरले काम गर्ने भएकी छन् । विद्यालय शिक्षामा आधारित सो फिल्ममा इरफानसँग करिनालाई काष्ट गरिएको निर्माताहरुले बताएका छन् ।

हिन्दी मिडियमको रिलिज र सफलता पछि तुरुन्तै सिक्वेल बनाउने योजना निर्माता भुषण कुमारले गरेपनि इरफान विरामी भएपछि सो फिल्म रोकिएको थियो । तर अहिले इरफान आफ्नो उपचारपछि काममा फर्किएकाले फिल्मको काम अगाडी बढेको बताइएको छ ।

हिन्दी मिडियममा भने इरफानको अपोजिट पाकिस्तानी अभिनेत्री सबा कमारले अभिनय गरेकी थिइन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै