• २०८१ बैशाख २२ शनिबार

हिन्दी मिडियमको सिक्वेलको नाम इङलिश मिडियम

kharibot

काठमाडौँ । बलिवुडको २०१७ को सुपरहिट फिल्म हिन्दी मिडियमको सिक्वेलको नाम अब इङलिश मिडियम हुने भएको छ । विद्यालय शिक्षामा आधारित भएर बनेको हिन्दी मिडियमको सिक्वेलले अब विदेशमा हुने पढाईमाथि व्यंग्य गरेर बनाइने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

हिन्दी मिडियमको रिलिज र सफलता पछि तुरुन्तै सिक्वेल बनाउने योजना निर्माता भुषण कुमारले गरेपनि इरफान विरामी भएपछि सो फिल्म रोकिएको थियो । तर अहिले इरफान आफ्नो उपचारपछि काममा फर्किएकाले फिल्मको काम अगाडी बढेको बताइएको छ ।

हिन्दी मिडियममा भने इरफानको अपोजिट पाकिस्तानी अभिनेत्री सबा कमारले अभिनय गरेकी थिइन् भने अब यस फिल्मको सिक्वेलमा करीना कपुरले काम गर्ने बताइएको छ ।

आफ्नो सफल उपचारपछि इरफान खान अब छिट्टै फिल्म सुटिंगमा फर्किने तयारीमा रहेका छन् । ‘न्युरो एन्ड्रोक्राइन ट्युमर’ भएका इरफान अहिले मुम्बई फर्किएका छन् भने उनको बलिवुडमा कमब्याक फिल्म इङलिश मिडियम हुने भएको छ ।

गत फागुनमा इरफान ‘न्युरो एन्ड्रोक्राइन ट्युमर’ बाट ग्रसित भएपछि उनी उपचारका लागि लन्डन गएका थिए । अत्यन्त दुर्लभ मानिएको यो रोग एक रिपोर्टका अनुसार करिब १० लाखमा एक जनालाई हुने बताइन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै