काठमाडौं । नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से आज १७ दसमलव ४२ अंकले बढेर १२ सय ९७ दसमलव ५७ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि तीन दसमलव २८ अंकले बढेर दुई सय ७६ दसमलव २६ बिन्दुमा चढेको छ ।
यसबिचमा एक सय ६७ कम्पनीहरुको छ हजार आठ सय चार वटा कारोवारमा ११ लाख ७८ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम ५७ करोड ६८ लाख ६१ हजार आठ सय ६३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचकमा एक दसमलव २१ अंकले गिरावट देखिएपनि बाँकी समुहको सुचकमा उच्च अंकले सुधार आएको छ ।
सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक दुई सय ९३ दसमलव २४ अंकले बढेर छ हजार पाँच सय ३८ दसमलव १६ बिन्दुमा चढ्दा २८ करोड आठ लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि चार दसमलव २८ अंकले बढेर ११ सय ३६ दसमलव सात बिन्दुुमा चढ्दा १२ करोड ५२ लाख ८८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
यसैगरी बिकास बैक समुहको सुचक पनि १६ दसमलव ७५ अंकले बढेर १५ सय १० दसमलव २९ बिन्दुमा चढ्दा एक करोड ८९ लाख ४७ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज जलबिद्युत समुहको सुचक पनि १२ दसमलव २३ अंकले बढेर १५ सय १५ दसमलव ७७ बिन्दुमा चढ्दा तीन करोड ३३ लाख ३४ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि आज बढेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेको प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सेयर मुल्य १० रुपैयाँले बढेर सात सय ७० रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मुल्य नौ रुपैयाँ ९५ पैसाले घटेर सात सय ८७ रुपैयाँमा सेयर कारोवार भएको छ ।
रकम कारोवारका आधारमा अग्रस्थानमा परेको प्रभु इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय २५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ८१ लाख ५९ हजार पाँच सय आठ रुपैयाँको सेयर कारोवार भएको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनीको ११ सय ४५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ३३ लाख ९८ हजार चार सय एक रुपैयाँको सेयर कारोवार भएको छ ।