काठमाडौं । आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ ।
गएराती भएको खेलमा कोलकोता नाइटराइडर्सलाई ५ विकेटले पराजति गर्दै हैदरावादले लगातार तेस्रो खेलमा जित हासिल गरेको हो ।
कोलकोताले दिएको १३९ रन पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
हैदरावादको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ५० रनको पारी खेलेका थिए भने सकिव अल हसनले २७ रन बनाएका थिए । त्यस्तै सिखर धवनले २४ र युसुफ पठानले १७ रन बनाएका थिए ।
कोलकोताका बलर सुनिल नारनले २ तथा मिचेल जोनसन, कुलदीप यादव र पियुस चावलाले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन बनाएको थियो । कोलकोताका लागि क्रिस लियनले सर्वाधिक ४९ रन बनाएका थिए भने कप्तान दिनेश कार्तिकले २९ रन बनाएका थिए । त्यस्तै नितिस रानाले १८ रनको योगदान दिएका थिए ।
सनराइजर्सका बलर भुवनेश्वर कुमारले ३, बिली स्टानलेक तथा सकिव अल हसनले २-२ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच सनराइजर्सका बिली स्टानलेक बनेका थिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन दिएर २ विकेट लिएका थिए । उनले कोलकोताका नितिस राना र आन्द्रे रसेललाई आउट गरेका थिए ।
आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल नेपाली समय अनुसार सवा ४ बजे रोयल्स च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच हुदै छ बहने दोअरो खेल राति सवा ८ बजे चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पंजावका बीच हुदै छ ।