• २०८१ बैशाख २६ बुधबार

मौसमी फल खरबुजाका फाइदै फाइदा 

kharibot

काठमाडौँ । गर्मी मौसममा शरिरलाई भित्रि रुपमा चिसो बनाउन हामी विभिन्न उपाय अपनाउछौं । गर्मीमा खास गरि फलफुलमा पहिलो रोजाईमा खरबुजा पर्ने गर्दछ । मौसमी फल खरबुजा मिठो र स्वादिष्ट त हुन्छ नै यसले केहि हदसम्म शरीरलाई चिसो बनाउन पनि मद्धत गर्दछ । 

त्यसैले हरेक उमेर समुहका मानिसले यसलाई रुचाउछन् । खरबुजामा प्रशस्त मात्रामा पानी पाइन्छ । यसकारण गर्मी मौसममा यसको सेवनले पानीको कमी हुनबाट बचाउछ र डिहाइड्रेशनबाट बचाउछ । यसको साथै खरबुजामा धेरै खनिज र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले शरिरमा हुने केहि गम्भिर प्रकृतिका बिमारीबाट बचाउन मदत गर्दछ । खरबुजा खानाले हुने केहि फाईदाका बारेमा चर्चा गरौ :

तौल घटाउछ :

खरबुजामा थोरै मात्रामा मात्र चिल्लो पदार्थ हुन्छ, यसकारण यसको सेवनले तौल बढाउदैन । यसमा कार्बोहाइड्टको मात्रा धेरै हुन्छ । यसमा भएको सुगर सजिलै शरिरमा इनर्जी दिन्छ तर तौल बढाउदैन्  । सुगरको धेरै तौल यसमा भएको पानीमा हुन्छ । यस कारण यो खादा पेट भरिएको जस्तो लाग्छ । तर भारिपन लाग्दैन । यसमा फाइवरको मात्रा धेरै हुन्छ ,यसकारण तौल घटाउनमा सहयोग गर्दछ । 

आँखाको रोशनी बढाउन सहयोगी : 

खरबुजा आँखाको लागि पनि फाइदाजनक फल हो, यसकारण गर्मीमा यसको भरपुर प्रयोग गर्नुस् । खरबुजामा भिटामिन ‘बि’ र ‘सि’ प्रशस्त मात्रामा पाइन्छ ,यसै कारण यसले आँखाको रोशनी बढाउन मदत गर्दछ । यो भिटामिनले आँखाको रेटिनाको माशंपेशीलाई मजबुत बनाउछ, जसले लामो समयसम्म आँखालाई ठिक तरिकाले काम गर्न सघाँउछ ।

मुटुका रोगीलाई फाइदाजनक :

खरबुजा खानेले मनको बिरामीबाट बचाउछ । खरबुजामा एडिनोसिन हुन्छ । जसले शरिरमा रगतलाई पातलो बनाउछ । यसबाट रगतलाई जम्ने तथा गाढा हुने खतरा हुदैन र रक्तसंचारलाई सन्तुलित गराउछ । खरबुजामा भएको पोटासियमले मुटुका विरामी जस्तै हार्ट अट्याक, कार्डिएक अरेस्ट, स्ट्रोक आदिबाट बचाउदछ । यसकारण खरबुजाको प्रयोग तपाईको मुटुका लागि पनि फाइदाजनक छ । 

छाला हड्डि र माशंपेशीको लागि 

खरबुजामा धेरै पौष्टिक तत्वहरु पाइन्छ, त्यसैले यो शरिरको सबै हिस्साको लागि फाइदाजनक छ । खरबुजामा भएको भिटामिन‘ सि’ ले शरिरमा भएको फ्रि रेडिकल्सलाई नास गर्दछ जसले छाला स्वस्थ रहन मद्धत गर्दछ । यसले छामलामा उमेरको प्रभाव कम गराउन मदत गर्दछ । भिटामिन ‘सि’ हाड र माशंपेशीको लागि धेरै फाइदाजनक छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै