• २०८१ बैशाख १८ मंगलबार

प्रधानमन्त्री ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइन र एकीकृत सुरक्षा जाँच पोष्टको शिलान्यास

kharibot

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल – भारत पेट्रोलियम पाइपलाइन र पर्साको वीरगंजमा रहेको एकीकृत सुरक्षा जाँच पोष्ट आइसीपीको संयुक्त रुपमा  शिलान्यास गरेका छन् । 

दुवै देशका प्रधानमन्त्रीले स्वीच दबाएर पाइपलाइनको शिलान्यास गरेका हुन् ।

भारतबाट नेपालमा पेट्रोलियनम पदार्थ आपूर्ति गर्न बिहारको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइन निर्माण गर्न लागिएको हो ।

भारतबाट सिधै नेपालको अमलेखगञ्जको डिपोसम्म इन्धन ओसार्न यो पाइपलाइन निर्माण गर्न लागिएको हो । पट्रोलियम पाइपलाइन मोतिहारी–रक्सौल हुँदै अमलेखगञ्जसम्म निर्माण गरिने छ ।

पाइपलाइनबाट प्रति घण्टा २ लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ । यसअन्तर्गत सुरुमा मट्टितेल, त्यसपछि पेट्रोल र अन्तिममा डिजेल उक्त पाइपलाइनबाट अमलेखगञ्जको डिपोमा झार्ने योजना रहेको छ । ६९ किलोमिटर दूरीको पाइपलाइनबाट प्रतिवर्ष २० लाख टन पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिने छ ।  

त्यस्तै आजै सिलान्यास गरिएको पर्साको वीरगंजमा रहेको एकीकृत सुरक्षा जाँच पोष्ट आइसीपी नेपाल भारतको व्यपार व्यवसायीलाई सहजीकरण गर्नका लागि संयुक्त रुपमा यो पोष्ट तयार गरेको हो । 

यो पोष्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिएको छ । आइसिपीमा विद्युत सवस्टेशन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा व्यारेक, शौचालयलगायत संरचना तयार भइसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय