• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री प्रचण्डको आरोप- भारत भ्रमणको सफलता स्वीकार्न नसक्नेहरूले जनतामा भ्रम फैलाए

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको दाबि गर्दै केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरेका थिए ।

उनले भने- 'मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ । तमाम उद्योगी/व्यवसायी खुसी छन् । राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन् । यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन । उनीहरुले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने ? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरुलाई लागेको थियो । त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला ।'

उनले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे ।

प्रधानमन्त्री प्रचण्डले भारतको इन्दौरको फोहोर व्यवस्थापनको उदाहरण दिदै नुवाकोट र काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषयमा आफूले तयारी गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै