• २०८१ बैशाख १७ सोमबार

नेपाल राजनीतिकरुपमा स्वर्णिम युगमा प्रवेश गर्यो – नरेन्द्र मोदी 

kharibot

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल राजनीतिक इतिहासमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग वान टु वान ब्रता र प्रतिनिधिमण्डलस्तरीय बार्तापछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्न पाएको सफलताका लागि बधाई दिएका छन् । 

मोदीले नेपालले राजनीतिकरुपमा स्वर्णिम युगमा प्रवेश गरेको बताए । उनले नेपा को तिब्र आर्थिक विकासको लक्ष्यलाई पुरा गर्न भारत सधै तयार रहेको भन्दै प्रधानमन्त्री ओलीसँग सो विषयमा छलफल गरेको बताए ।

मोदीले जनकेन्द्रित विकासमा ओली र आफ्नो एउटै विचार रहेको बताए । नेपालको विकासमा भारतको सधै महत्वपूर्ण रहेको भन्दै मोदीले नेपालको प्राथमिकताको आधारमा भारतले सहयोग गर्ने बताए ।

नेपाल अब समुन्द्रसँग जोडिन लागेको भन्दै अब सगरमाथ को देश सिधै सागरसँग जोडिन लागेको बताए । त्यस्तै मोदीले काठमाडौँलाई रेलमार्गसँग जोड्ने तर्फपनि संयुक्त रुपमा काम हुने बताए ।

मोदीले दुई पक्षीय भेटवार्तामा कनेक्टिभिटी योजनाहरुलाई अगाडी बढाउने विषयमा व्यापक छलफल बहेय्को बताए । 

मोदीले नेपालको कृषिको विकासमा पनि भारतको ठुलो योगदान हुने बताए । उर्जा क्षेत्रमा पनि सहकारी गरिने बताउदै मोदीले अरुण तेस्रो, पन्चेस्वर र सप्तकोशी सुनकोशी जस्ता परियोजनालाई अगाडी बढाउन सहमत भएको बताए ।

साथै मोदीले खुल्ला बर्डरको दुरुपयोग रोक्ने विषयमा पनि छलफल भएको बताए । उनले अहिले भएको छलफलले दुई देशको विकासमा महत्वपूर्ण भूमिका हुने बताउदै नेपालीमा ‘फेरी भेट होला’ भन्दै आफ्नो भाषण टुंगाएका थिए ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै