• २०८१ बैशाख १५ शनिबार

सलमान खानको धरौटीको अपिलमा शनिबार सुनुवाई हुने 

kharibot

मुम्बई । बलिवुड अभिनेता सलमान खान को धरौटीको अपिलको सुनुवाई शनिबार हुने भएको छ ।

विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल गरेका थिए ।

सलमानको सो अपिलमा आज भएको बहसपछि न्यायधिशले यसको निर्णय भोलि मात्र दिने बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  

सलमान खानलाई विहिबार अदालतले सजाय सुनाउनासाथ हिरासतमा लिइएको थियो ।उनलाई विहिबार नै हिरासतमा लिएर जेल चलान गरिएको छ । सेसन कोर्टबाट राहत नपाएमा सलमान हाई कोर्ट र सर्वोच्च अदालतसम्म जानु पर्ने हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । यस्तो भएमा सलमान अझै केहि दिन जेलमै बस्नुपर्ने देखिएको छ । 

कालो हरिणको शिकार प्रकरणमा दोषी बनाइएका सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई भने आरोपबाट मुक्त गरिएको छ । 

सन १९९८ मा फिल्म ‘हम साथ साथ है’ को सुटिंगमा क्रममा भएको यो घटनामा सलमानका अलावा सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमलाई पनि दोषी बनाइएको थियो । 

सन १९९८ को अक्टुबर २ तारिखमा सलमानले जोधपुरको कंकाणी गाउँ सहित तीन अलग अलग ठाउमा हरिणको शिकार गरेको आरोप लागेको थियो । सलमानले सो रात दुई कालो हरिणको शिकार गरेको र त्यसका लागि सैफ अलि खान, अभिनेत्री तब्बु, सोनाली बेंद्रे र नीलमले उनलाई उक्साएको आरोप लगाइएको थियो । 

कालो हरिणको शिकारका अन्य दुई प्रकरण अदालतले सलमानलाई सफाई दिएपनि राजस्थान सरकारद्वारा सलमानलाई दिइएको ५ बर्ष र एक बर्षको सजाय माफीको फैसलाविरुद्ध भारतको सर्वोच्च अदालतमा अपिल गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै