• २०८१ बैशाख १७ सोमबार

भ्रमणबाट भारतसँगको सम्बन्ध थप प्रगाढ हुने राष्ट्रपतिको विश्वास

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकि छन् । 

आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन आज साँझ शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताए । 

राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुईदेशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । 

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको सहभागिता थियो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै