• २०८१ बैशाख १७ सोमबार

बजेटको तयारीमा प्रदेश सरकार

kharibot

फाइल तस्बिर

विराटनगर । प्रदेश नं १ को सरकारले यही चैत २९ मा चालु आर्थिक वर्ष ०७४÷७५ को बाँकी अवधिका लागि बजेट ल्याउने भएको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवोले आज पत्रकारहरूलाई जानकारी दिँदै बजेट तीन महिनाको हुने बताए । 

उनले छोटो समयका लागि ल्याउन लागेको बजेट अनुदानमा आधारित हुने जानकारी दिए । 
मन्त्री आङवोले विकास निर्माणमा बजेट खर्च गर्ने समय नभएकाले सानो आकारको बजेट ल्याउन लागिएको बताए । 

बजेट ल्याउन आर्थिक कार्यविधि विधयेक प्रदेश प्रमुखबाट आज जारी भएपछि बजेट निर्माणको कानुनी बाटो खुलेको हो । 

मन्त्री आङवोले उक्त बजेट विकास निर्माणका अध्ययन, नदी, बाढी र पहिरो नियन्त्रणका लागि केन्द्रित हुने जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै