• २०८१ बैशाख १७ सोमबार

हरेक दिन सेक्स गर्नुपर्ने यस्तो रोग, पत्ता लागेन उपचार बिधि !

kharibot

अमंडा र उनका ब्याय फ्रेन्ड जो जो , तस्विर : बिबिसी

काठमाडौँ ।  सुन्दा अचम्म लाग्न सक्छ तर अमेरिकामा एक महिलाले हरेक दिन सेक्सको लागि आफ्ना केटा साथीसँग गिडगीडाउने गरेको घटना अगाडी आएको छ । 

अमेरिकाकी २३ बर्षिय अमांडालाई महिलामा हुने अत्यन्त दुर्लभ यौन उत्तेजक रोग लागेका कारण आफ्नो दुखाइ कम गर्न हरेक दिन आफ्नो ब्वायफ्रेन्डसँग सेक्स गर्ने गरेको खुलासा गरेकी छन् ।

यस रोगलाई अंग्रेजीमा प्रेसिस्टेन्ट जेनीटियल अराउजल डिसअर्डर (पीजीएडी) भनिन्छ । यो रोगको सिधै सेक्स गर्ने इच्छासँग भने नजोडिएको बताइएको छ । तर आफ्नो पिडा कम गर्न महिलाहरुले सेक्स गर्ने गरेको पाइएको छ ।

आमरुपमा यस रोग लागेकाहरुलाई प्रेसर बढ्ने, जलन हुने, छटपटी लाग्ने र यौनी पोल्ने जस्ता लक्षण देखिने बताइएको छ । यस रोग लागेका महिलाहरुमा उनीहरु एकाक्सी उत्तेजित हुने लक्षण पनि देखा पर्ने बताइएको छ । 

अमेरिकी २३ बर्षिय अमंडापनि यस रोगबाट ग्रसित भएको थाहा भएपछि उनलाई साथ दिदै आएको बिबिसीलाई बताएकी छन् ।

उनले आफ्नो अनुभव बताउदै भनेकी छन्-‘उसले मेरो निकै ख्याल गरेको छ । यद्यपी कहिलेकाही आफ्नो पिडा कम गर्न म उसलाई सेक्सको लागि निकै अनुरोध गर्छु । अहिलेसम्म उसले मेरो पिडा कम गर्न निकै सहयोग गरेको छ’

यस रोग लागेपछि मेरो जीवन निकै परिवर्तन भएको छ भन्दै उनले भनिन् – ‘म अहिले काममा जान पनि सकिरहेकी छैन ।यसले हाम्रो सेक्स लाइफलाई पनि निकै असर गरेको छ ।’

अमेरिकाको मिचिगन युनिभर्सिटीकी न्युरोलोजीकी सहायक प्रोफेसर डा.प्रियंका गुप्ताले यो नकै दुर्लभ रोग भएको र यसमा केहि अनुसन्धानहरु भएको भएपनि कुनै नतिजामा पुग्न भने नसकिएको बताएकी छन् ।

यसको छिटो समाधानको उपायबारे अहिले नै केहि भन्न नसकिने बताउदै डा.गुप्ताले केहि फरक थेरापीहरु गर्ने कोशिश गरिरहेको र यसबाट केहि कम हुनसक्ने आशा रहेको बताएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै