• २०८१ बैशाख १६ आइतबार

सेक्स र्याकेट चलाएको आरोपमा बलिवुडकी कास्टिङ निर्देशक पक्राउ

kharibot

कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल

काठमाडौँ । बलिवुडकी कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तललाई मुम्बई प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ ।

मित्तललाई फिल्म उद्योगमा सेक्स र्याकेट चलाएको आरोपमा पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  ।

मित्तलमाथि फिल्म उद्योगमा सेक्स र्याकेट चलाएको र ग्राहकलाई मोडल आपूर्ति गरेको आरोप छ ।

मुम्बईको क्राइम ब्रान्च युनिटले फिल्मी क्षेत्रमा हुने गरेको सेक्स र्याकेट फर्दाफास गर्ने स्टिंग अप्रेशन गरेको उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धान पछि, मित्तलविरुद्ध अवैध ओसारपसार र वेश्यावृत्तिको अन्य धाराहरु अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार प्रहरीले आफैंले उक्त क्षेत्रमा नक्कली ग्राहक पठाएर सम्पूर्ण घटना रेकर्ड गरेका थिए । यसपछि निर्देशक मित्तलविरुद्ध प्रमाण जुटाएर पक्राउ गरी मुद्धा दर्ता गरेको छ ।

स्टिंग अप्रेशनका क्रममा अन्य दुई मोडल पनि पक्राउ परेका छन्, जसलाई प्रहरीले उद्धार गरी पुनर्वास केन्द्रमा पठाएको छ । आरतीले मोडलहरुलाई पैसाको लोभ देखाएर सेक्स र्याकेटमा फसाउने गरेको जनाएको छ ।

आरती मित्तल एक चर्चित कास्टिङ निर्देशक तथा अभिनेत्री हुन् । उनले टिभी सिरियल ‘अपनपान’ मा काम गरिसकेकी छन् । यससँगै उनी जी ५ को सिरिज एक्स्प्लोसिभमा पनि देखिएकी छिन् । केही समयअघि आरतीले सामाजिक सञ्जालमा आफू अभिनेता आर माधवनसँग फिल्मको सुटिङ गरिरहेको बताएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै