• २०८१ बैशाख १८ मंगलबार

‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ योजनाका बम्पर उपहार विजेतालाई कार हस्तान्तरण 

kharibot

काठमाडौँ । सिटी मनि ट्रान्सफरले विजयादशमी एवं शुभ–दीपावली तथा छठ पर्वको अवसरमा संचालन गरेको ‘सिटी एक्सप्रेस उत्सव एक्सप्रेस’ उपहार योजनाका बम्पर उपहार कार विजेतालाई उपहार हस्तान्तरण गरेको छ ।  

एक कार्यक्रमका विच एनबि टेलीमनीका प्रमुख अनवर अल मुरशेड को प्रमुख अतिथ्यमा बम्पर कार बिजेता जमान सिंह तामाङलाई रेनावल्ट कार कार हस्तान्तरण गरिएको छ ।
सो लक्की ड्र मा साउदी अरबको टेलीमनीबाट जमान तामाङले आफ्नी श्रीमती ईलाम निवासी बिमला देवी तामाङ्गलाई पैसा पठाए वापत विजेता छानिएका हुन् । 

विगत लामो समय देखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कृयाकलापमा भाग लिई सहयोग गर्दै आएको छ भने विभिन्न प्रकारका चाड पर्व लक्षित उपहार योजना समेत सन्चालन गर्दै आइरहेकोछ । 

यसै सिलसिलामा २०७४ सालको विजयादशमी एवं  शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस ” उपहार योजना सार्वजनिक गरेको थियो । 

यस उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओपो मोबाइल र हरेक महिनामा एक जना भाग्यशाली विजेताल एलजी रेफ्रिजेरेटर उपहार प्रदान गरिने र उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्पर उपहारको रुपमा रेनाल्ट केविड कार प्राप्त गर्ने घोषणा भएको थियो । यस उपहार योजनाको अबधी २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्मको थियो । 

यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक  रुपमा  १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर  प्राप्त गर्न सफल भै सकेका छन् । 

ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेताको छनौट गरिएको थियो । अन्त्यमा गत मंसिर २८ गतेका दिन यस कम्पनीको ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र यस कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा फेसबुक लाइभ कार्यक्रमको आयोजना गरी उक्त उपहार योजनाको बम्पर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कारको विजेताको छनौट गरिएको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै