• २०८१ बैशाख १५ शनिबार

सिटी एक्सप्रेसको 'विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें' योजना सार्वजनिक

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने 'विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं' उपहार योजना घोषणा गरेको छ ।

चर्चित हास्य कलाकार एवं सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थितीमा उक्त उपहार योजना घोषणा कार्यक्रम आइतबार सार्बजनिक गरिएको हो । 

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई जनही रु १००,०००,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

कम्पनीका अनुसार यस 'विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें' अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै