• २०८१ बैशाख १६ आइतबार

डा. गोविन्द केसीले राखे ४ बुँदे माग, पुरा नभए अनशन बस्ने चेतावनी  

kharibot

काठमाडौं । डा. गोविन्द केसीले ४ वटा माग अघि सारेर फेरी अनशन बस्ने चेतावनी दिएका छन् । 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै ४ बुँदे माग अगाडी सारेर माग पुरा नभए फेरी सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गरिनुपर्ने, चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गनुपर्ने तथा दोषी पदाधिकारीलाई कारबाही गरिनुपर्ने र त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोकेअनुरुप  स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गनुपर्ने माग अघि सारेका हुन् । 

विज्ञप्ति मार्फत डा. केसीले राखेका मागहरुः 

१. चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गरियोस् । 

२. चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

३. त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२,५०,००० कायम गरियोस् । 

४. गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गरियोस् । उनले अहिलेसम्म सरकारी कर्मचारीहरुलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानविन गरियोस् । पराजुलीको अवकाश सम्बन्धी न्याय परिषद्को निर्णयविरुद्ध राज्यका अन्य अंगले चालिरहेका नाजायज कदमहरु तत्काल बन्द गरियोस् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै