• २०८१ बैशाख १८ मंगलबार

दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई पक्राउ आदेश

kharibot

सोल, दक्षिण कोरिया । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गर्नुभएका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो । उहाँमाथि लागेका भ्रष्टाचार आरोपहरू सवैमा आफ्नो कुनै सम्लग्नता नरहेको जनाएपछि अदालतको उक्त आदेश आएको हो । 

लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नस्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय