मुम्बई । बलिवुड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० को अहिले धमाधम सुटिंग भैरहेको छ । भारतको उत्तर प्रदेशमा फिल्मको सुटिंग भैरहेको बताइएको छ ।
फिल्ममा ऋतिकले एक गणित शिक्षकको भुमिका निभाएका छन् । फिल्म भारतीय गणितीज्ञ आनन्द कुमार र उनले चलाएको अभियान सुपर ३० सँग सम्बन्धित रहेको छ । फिल्ममा ऋतिक रोशनले पहिलो पटक एक विहारीको भुमिका निभाउदै छन् ।
ऋतिकले सामाजिक संजाल ट्वीटर मार्फत आफुलाई बाल्यकालमा गणित सबैभन्दा मुस्किल लाग्ने बताउदै तर संयोगवश अहिले आफुले गणित शिक्षकको भुमिका निभाइरहेको बताएका छन् ।
विकास बहलले निर्देशन गरेको यो फिल्म २०१९ को जनवरी २५ मा रिलिज हुने छ । फिल्ममा ऋतिक रोशन को अपोजिटमा मुर्नाल ठाकुरले बलिवुडमा डेभ्यु गर्दै छिन् ।