• २०८१ बैशाख १७ सोमबार

जनता बैंकको नयाँ शाखा र शाखारहित बैंकिङ्गबाट कारोवार सुरु 

kharibot

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको २ नयाँ शाखा र ५ शाखा रहित बैकिङ्गबाट कारोवार सुरु गरेको छ । 

बाराको सिमरौनगढ शाखाबाट यहि चैत्र १ देखि र पोखराको बुढीबजार शाखाबाट यहि चैत्र ५ गते देखि कारोवार सुरु गरिएको हो । 

साथै कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखारहित बैंकिङ्ग सेवा समेत सुरु गरिएको हो ।

यससँगै बैंकले देश भरीबाट ९८ शाखा संजाल, ३१ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै