• २०८१ बैशाख १७ सोमबार

रियल म्याड्रिड र गिरोनाबीचको खेलमा गोलको बर्षा, रोनाल्डोले गरे ४ गोल 

kharibot

काठमाडौं  । स्पेनिस ला लिगामा रियल म्याड्रिड र गिरोनाबीचको खेलमा गोलको बर्षा भएको छ । गएराती रियलको घरेलु मैदानमा भएको खेलमा कुल ९ गोल भएको छ ।

सो खेलमा रियल म्याड्रिडले गिरोनामाथि ६-३ गोलले जित हासिल गरेको छ । रियलका लागि क्रिस्टियानो रोनाल्डोले ४ गोल गरे भने ग्यारेथ बेल र लुकास भाजक्वेजले एक एक गोल गरे । त्यस्तै गिरोनाका लागि क्रिस्थियन स्टुआनीले २ तथा जऊनपेले एक गोल गरेका थिए ।

रोनाल्डोले आफ्नो क्यारियरको ५०औ हयाट्रिक पुरा गर्दै रियलको जितमा ४ गोल गरेका थिए । यसका स्थाई उनले ल लिगाको यो सिजनमा कुल २२ गोल गरेका छन् । उनका प्रतिद्वन्दी लियोनेल मेसीभन्दा अब रोनाल्डो ३ गोलले पछाडी रहेका छन् । मेसीले ला लिगामा २५ गोल गरेका छन् ।

साथै रोनाल्डोले सन् २०१८ मा सबै प्रतियोगितामा कुल २१ गोल गर्दै युरोपका टप ५ लिगमा अहिलेसम्म धेरै गोल गरेका छन् ।

यो जितपछि रियलम्याड्रिड २९ खेलमा ६० अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको बार्सिलोनाको २९ खेलमा ७५ अंक सहित ११ अंकको अग्रता हासिल गरेको छ भने रियलभन्दा १५ अंकले अगाडी रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडले गएरातीको खेलमा भिल्लारियलसँग पराजित भएपछि २९ खेलमा ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय