काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको टे«जरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म खरिद गर्न सक्ने गरी उक्त परिमाणमा टे«जरी जारी गर्न लागिएको हो ।
बिक्री गरिने कुल टे«जरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब २३ करोड, एक सय ८२ दिने अवधिको दुई अर्ब र तीन सय ६४ दिने अवधिको तीन अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको छ ।
सो मध्ये ९१ दिने अवधिको परिपक्व हुने मिती २०७५ असार पाँच गते, एक सय ८२ दिने टे«जरीको २०७५ असोज नौ गते र तीन सय ६४ दिने अवधिको परिपक्व हुने मिती २०७५ चैत पाँच गते रहेको छ ।
यसअधि पनि राष्ट्र बैंकले यही फागुन २८ गते ९१ दिने अवधिको दुई अर्ब ९६ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।