• २०८१ बैशाख १४ शुक्रबार

रियल म्याड्रिडको बिबिसी ‘डेड’ भएकै हो ? 

kharibot

काठमाडौं । रियल म्याड्रिडको चर्चित तीन जना खेलाडीको बिबिसी जोडी बारे प्रश्न उठ्न थालेको छ । ग्यारेथ बेल, करीम बेन्जामा र क्रिस्टियानो रोनाल्डोको जोडी रियल म्याड्रिडमा बिबिसीका नामले चर्चित थियो । 

रियललाई ला लिगा र च्याम्पियन्स लिगमा सफलता दिलाएको यो जोडी यस सिजनमा रोनाल्डो बाहेक बेल र बेन्जमाको प्रदर्शनले अब बिबिसी ‘डेड’ भएको हो की भन्ने प्रश्न उठेको छ । 

लगातार इन्जुरीको सामना गरेका ग्यारेथ बेल २२७ दिनपछि गत जनवरीमा मैदानमा आएका थिए । भने नियमित टिममा हुदा पनि करीम बेन्जमाको प्रदर्शन यस सिजनमा राम्रो छैन । बेन्जमाले यस सिजनको ला लिगामा खेलेका २२ खेलमा केबल ४ गोल मात्र गरेका छन् । 

रियलका प्रमुख स्ट्राइकर मध्येका एक बेन्जमाको यो प्रदर्शन रियलका लागि ठुलो चिन्ताको विषय बनेको छ । रोनाल्डो पछिका अर्का प्रमुख खेलाडी बेन्जामाको यो प्रदर्शनले नै रियल यस सिजनमा पछाडी परेको देखिन्छ । 

बार्सिलोनाका खेलाडीसँग तुलना गर्दा मेसी र स्वरेजले मात्र ला लिगामा ४५ गोल गरेका छन् । जसमा मेसीको २४ र लुइस स्वरेजको २१ गोल छ । जबकी रियलका रोनाल्डो र बेन्जमाको कुल गोल संख्या स्वरेजको गोल संख्या भन्दा मात्र एक गोल बढी २२ छ जसमा रोनाल्डोको १८ र बेन्जमाको ४ गोल छ ।

त्यस्तै बिबिसीका अर्का सदस्य ग्यारेथ बेलले यस सिजनमा १८ खेलमा केबल ८ गोल गरेका छन् । इन्जुरी पछि रियलका लागि खेल्दै केहि गोल गरेपनि उनि आफ्नो ओरिजिनल लयमा भने देखिएका छैनन् त्यसैले बेल १८ खेलमा केबल १४ खेलमा मात्र रियलका लागि सुरुवाती टिममा परेका छन् भने ४ खेलमा सबस्टिच्युटको रुपमा टिममा आएका छन् ।

त्यस्तै रोनाल्डोले ला लिगामा सुरुका खेलमा गोल गर्न संघर्ष गरेपनि पछिल्ला खेलमा उनि आफ्नो लयमा फर्किएका छन् । तर रोनाल्डो फर्ममा आएपनि त्यो रियलका लागि ला लिगामा ढिला भइसकेको छ । 

बार्सिलोनाका म्यानेजर इर्नेस्टो भाल्भार्डेले रियल ला लिगा जित्ने दौडमा अझै रहेको बताएर आफ्नो उदारता देखाए पनि रियल यस सिजनका लागि ला लिगा जित्ने दौडबाट बाहिरिएको छ ।

यस सिजनमा बिबिसीले रियलका लागि केबल ५ खेलमा मात्र सुरुवात गरेका छन् जसमा ४ जित र एक बराबरी रहेका छन् । त्यसपछि पिएसजीविरुद्धको च्याम्पियन्स लिगका दुवै खेलमा बेल बेन्चमा नै बसे । जसबाट पनि अब रियलमा बिबिसीको भविष्य संकटमा परेको प्रष्ट देखिन्छ । 

रियल म्याड्रिडले हाल बायर्न म्युनिखबाट खेलिरहेका पोल्याण्डका स्ट्राइकर रोबोर्ट लवानडोस्की, चेल्सीका इडेन हजार्ड, पिएसजीका नेइमारलाई भित्राउने विषयमा छलफल सुरु गरेपछि बिबिसीको भविष्य झन् संकटमा परेको सजिलै बुझ्न सकिन्छ । 

रोनाल्डोले १८ गोल गरेर आफु अझै पनि उत्कृष्ट फर्ममा रहेको देखाएपनि बेन्जमा र बेलले यस सिजनमा उनलाई सपोर्ट हुनेगरी प्रदर्शन गरेको पाइदैन । त्यसैले पनि अब रियल म्याड्रिडका बिबिसी अब विगतको कथा हुने निश्चित देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै