काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
गएराती भएको ब्राइटनविरुद्धको खेलमा २-० को जित हासिल गर्दै युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
युनाइटेडको जितमा रोमालु लुकाकु र निमनजा माटिकले गोल गरेका थिए । खेलको ३७औ मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८३औ मिनेटमा माटिकले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।
यस खेलमा युनाइटेडका म्यानेजर जोसे मोरिन्होले युनाइटेडका प्रमुख खेलाडी एलेक्सिज सान्चेज र पाउल पोग्वालाई बेन्चमा राखेका थिए ।
यससँगै म्यानेजर जोसे मोरिन्हो २००७ पछि पहिलो पल्ट एफए कपको सेमिफाइनलमा कुनै टिमलाई पुर्याएका छन् । २००७ मा चेल्सीमा हुदा उनले चेल्सीलाई एफए कपको सेमीफाइनलमा पुर्याएका थिए ।
त्यस्तै युनाइटेडका लुकाकुले २०१८ मा युनाइटेडका लागि १४ खेलमा १० गोल अहिलेसम्म १० गोल र ४ असिस्ट गरेका छन् ।