• २०८१ बैशाख १५ शनिबार

एफए कपको क्वाटरफाइनलको समीकरण पुरा

kharibot

काठमाडौँ । इङल्याण्डको एफए कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

गएराती सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका हुन् ।

योसँगै म्यानचेस्टर सीटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल एफए कपको क्वाटरफाइनलमा पुगेका छन् ।

अब क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसँग खेल्ने भएको छ भने वोल्भरहम्पटन कोभेन्ट्री सिटीसँग खेल्दै छ । त्यस्तै चेल्सी लेस्टर सिटीसँग खेल्ने छ भने म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग खेल्ने छ । एफए कपका क्वाटरफाइनलका खेल आगामी मार्च १६ मा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै