• २०८१ बैशाख १५ शनिबार

सोमपालले लिए ‘लिस्ट ए’क्रिकेटमा ५० विकेट

kharibot

काठमाडौँ । आइसीसीको ‘लिस्ट ए’ क्रिकेटमा ५० विकेट लिने सोमपाल कामी पहिलो नेपाली बलर बनेका छन् ।

तीव्र गतिका बलर सोमपालले शनिबार आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं र आठौ स्थानका लागि भइरहेको खेलमा नेदरल्याण्डविरुद्धको खेलमा २ विकेट लिदै लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन् ।

सोमपालले ५०औं विकेटको रूपमा नेदरल्याण्डका बेन कुपरलाई शून्य रनमा आउट गरेका थिए । अहिले भइरहेको नेदरल्याण्डविरुद्धको खेलमा सोमपालले ३ विकेट लिइसकेका छन् । साथै जारी प्रतियोगितामा भने अहिलेसम्म ७ विकेट लिएका छन् ।

सोमपालले ‘लिस्ट ए’मा ५० विकेट लिन कुल ३७ खेल खेलेका थिए । सोमपालले लिस्ट ए क्रिकेटमा  सन् २०१४ मा युएईविरुद्ध डेभ्यु गरेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय